नेशनल लाईफ इन्स्योरेन्सद्वारा तालिम सञ्चालन

नेशनल लाईफ इन्स्योरेन्सद्वारा तालिम सञ्चालन

नेशनल लाईफ इन्स्योरेन्स कं.लि., लाजिम्पाट काठमाडौंमा द्दण्डज्ञ आषाढ २, ३ र ४ गते आफ्ना वरिष्ठ कर्मचारीहरुका लागि स्वस्थ्य र सन्तूलित जीवन प्रवद्र्धन गर्ने प्रयोजनले एक बहू-आयामिक प्रशिक्षण प्रदान गरेको छ ।

यो प्रेरणादायी प्रशिक्षणबाट कर्मचारीहरुको व्यक्तिगत एवंम् व्यवसायीक विकास हूने र कम्पनीको लागि समेत उपयोगी हूने अपेक्षा गरिएको छ । विविध पक्षलाई तयार गरिएको यो प्रशिक्षणबाट व्यक्ति र संस्था दूबैको व्यवासायीकतामा बृद्धि हूने र कर्मचारीहरुलाई स्वस्थ्य वातावरणमा नवीनतम् ढंगले कार्य गर्न उत्प्रेरित गरी आफ्नो व्यक्तित्व विकासमा प्रेरणा प्रदान गर्नेछ ।

तालिमको नेतृत्व आर्ट अफ लिभिङ  नेपालका कर्पोरेट कार्यक्रम निर्देशक श्री नीभा एम. प्रधानले गरेकी थिइन् । प्रधान एक सम्मानित अन्तर्राष्ट्रिय कर्पोरेट प्रशिक्षक हून, जसको बैंकिङ क्षेत्रमा उच्च व्यवसायीक पृष्ठभूमि रहेको ५ । कर्जा पोर्टफोलियोहरु प्रबन्ध गर्न र व्यवस्थापन तालिमहरु सञ्चालन गर्न उनीमा विशेषज्ञता छ । उनको विशेषज्ञता र अनूभवले यो कार्यक्रमलाई सफल पार्न बहूमूल्य सहयोग प्रदान गरेको छ । साथै यस कार्यक्रममा वरिष्ठ प्रशिक्षक श्री अच्यूत गौतम र श्री सम्झना खरेलले पनि सहयोगी भूमिका निर्वाह गर्नू भएको थियो ।

आर्ट अफ लिभिङ संग यस्ता कार्यक्रमहरु सम्बन्धी चालिस वर्षभन्दा वढि समयावधिको सफल अनूभव रहेको र विश्वभरका लगभग ज्ञडट देशहरुमा यी कार्यक्रम कार्यान्वयन गरिएको छ । यी कार्यक्रमहरु विश्व स्वास्थ्य संगठनको वेलनेश मोटेलसंग मेल खाने हिसावले तयार गरिएको छ । यस कार्यक्रमबाट  सहभागीहरुलाई रोग र तनाव-मूक्त गरी समग्र स्वास्थ्य र कल्याणलाई बढावा दिने साथै कर्मचारीहरुमा उनीहरुको मानसिक अवस्था, कार्य सम्पादन, उर्जा स्तर, निर्णय लिने, समय व्यवस्थापनमा उल्लेखनीय सूधारहरु हूनेमा कम्पनी विश्वस्त रहेको छ ।

श्री नीभा एम. प्रधानका अनूसार “कर्मचारीहरुलाई प्राथमिकता दिने संस्थाहरुको बढ्दो संख्या देखेर हामी हर्षित छौं । हाम्रो समग्र प्रशिक्षण प्याकेज व्यक्ति र संस्था दूबैको लागि अधिकतम र दिगो फाइदाहरु प्रदान गर्ने हिसावले बनाइएको छ । समय तथा लगानीको अधिकतम परिणामको सूनिश्चित गर्न कार्यक्रम सम्पन्न भए पश्चात् थप तालिम सत्रहरु सञ्चालन गर्न संस्था प्रतिवद्ध छ।”

कार्यक्रमको समापन समारोहमा कम्पनीको अध्यक्ष श्रीमति प्रेमा राज्यलक्ष्मी सिंह ज्यु साथै आर्ट अफ लिभिङ  नेपालका अध्यक्ष श्री सिद्धेश्वर कूमार सिंह ज्युको उपस्थिति रहेका थियो ।

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको सफलताको लागि स्वस्थ उत्प्रेरणा अँवश्यक छ भन्ने मान्यता राख्दै आफ्ना कर्मचारीहरुलाई यस्तो उच्च स्तरको तालिम प्रदान गर्न पाउंदा कम्पनी गौरवान्वीत छ ।

#bajarkochirfar #bazarkochirfar

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स