एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को संस्थापक सेयर बैंकले लिलामी बिक्री खुला गरेको छ ।
बैंकले निफ्राको १० लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो । यसमा लगानीकर्ताले न्यूनतम १०१ रुपैयाँको दरले आवेदन दिन सक्नेछन् भने न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ । यो कम्पनीको सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
यसमा साउन १५ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको कर्पोरेट कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।













![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया