नागरिक लगानी कोषको नाफा १३.६२ प्रतिशतले बढ्यो

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २८ गते
नागरिक लगानी कोषको नाफा १३.६२ प्रतिशतले बढ्यो

नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३० करोड ९ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३.६२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यस अवधिमा कम्पनीले २६ करोड ४८ लाख ९५ हजार रुपैयाँ नाफा कमाएको थियो।  

समिक्षा अवधिमा कोषको कुल आम्दानी १२.६० प्रतिशतले बढेर ५१ करोड ७० लाख १३ हजार रुपैयाँ पुगेको छ। त्यस्तै, सेवा शुल्क तथा कमिसन आम्दानीमा पनि १८.८६ प्रतिशतले बढेको छ। तर, ब्याज आम्दानी भने ३.७९ प्रतिशतले घटेर ११ करोड ९८ लाख २१ हजार रुपैयाँमा झरेको छ। कोषको खर्च पनि बढेको देखिन्छ। समिक्षा अवधिमा कुल खर्च ९.१९ प्रतिशतले बढेको छ। 

हाल कोषको चुक्ता पूँजी ६ अर्ब ५ करोड ७६ लाख ७५ हजार रुपैयाँ रहेको छ। असोज मसान्तसम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी अघिल्लो वर्षको तुलनामा केही घटेर १९ रुपैयाँ ८७ पैसामा आएको छ। यस्तै  प्रतिसेयर नेटवर्थ भने १५७ रुपैयाँ ४२ पैसा कायम भएको छ।  

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स