SHAREHUBSHAREHUB

रसुवामा विद्युत् सेवा पुनःस्थापनाको तयारी, साञ्जेन जलविद्युत् गृहलाई आइसोलेटेड मोडमा सञ्चालन गरिँदै

बजारको चिरफार
बजारको चिरफार
२०८३ भाद्र १५ गते
AdvertisementAds
रसुवामा विद्युत् सेवा पुनःस्थापनाको तयारी, साञ्जेन जलविद्युत् गृहलाई आइसोलेटेड मोडमा सञ्चालन गरिँदै
AdvertisementAds

बाढीका कारण विद्युत् आपूर्ति प्रभावित बनेको रसुवामा सेवा पुनःस्थापनाका लागि नेपाल विद्युत् प्राधिकरणले साञ्जेन जलविद्युत् गृहलाई आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी थालेको छ।

प्राधिकरणले स्थानीय विद्युत् प्रणालीलाई छुट्टै सञ्चालनमा ल्याएर रसुवाका प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापित गर्ने प्रयास गरिरहेको छ। त्यसका लागि आवश्यक प्राविधिक तयारी तथा सम्बन्धित पक्षसँग समन्वय भइरहेको प्राधिकरणले जनाएको छ।

साञ्जेन जलविद्युत् गृहबाट विद्युत् उत्पादन गरी स्थानीय प्रणालीमा आपूर्ति जोड्न मेसिनको पासवर्ड रिसेट गर्नुपर्ने भएकाले आवश्यक प्राविधिक सहयोगका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ कम्पनीसँग समन्वय गरिरहेको छ।

आवश्यक प्राविधिक सहयोग जुटेमा आज साँझसम्म रसुवाको धुन्चेलगायतका क्षेत्रमा विद्युत् सेवा पुनःसुचारु गर्ने लक्ष्य राखिएको छ।

बाढीबाट प्रभावित भएका र तत्काल विद्युत् प्रणालीमा जोड्न सम्भव नहुने अन्य क्षेत्रमा भने वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत सौर्य ऊर्जासहितका वैकल्पिक स्रोत प्रयोग गरेर विद्युत् सेवा उपलब्ध गराउने तयारी भइरहेको छ।

AdvertisementAds

बाढीबाट क्षतिग्रस्त विद्युत् संरचनाको मर्मत गरी नियमित विद्युत् आपूर्ति पुनःस्थापना गर्ने कामसँगै तत्कालीन आवश्यकता पूरा गर्न वैकल्पिक ऊर्जा स्रोत परिचालन गर्ने रणनीति लिइएको मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स