क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको समृद्धि लघु जीवन बीमा योजना सार्वजनिक

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार २१ गते
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको समृद्धि लघु जीवन बीमा योजना सार्वजनिक

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको समृद्धि लघु जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले बिहिबारबाट उक्त नयाँ प्रोडक्ट बजारमा ल्याएको जनाएको छ ।

समृद्धि लघु जीवन बीमा योजनामा सरिक हुनका लागि प्रवेश उमेर न्यूनतम १८ बर्ष देखि अधिकतम ६० बर्ष सम्म रहेको कम्पनीले जनाएको छ । बीमा अवधि ५ बर्ष देखि २० बर्ष सम्मको रहेको र बीमाङ्क रकम न्यूनतम १० हजार बाट नै बीमालेख लिन सकिने प्रावधान रहेको जनाइएको छ ।

न्यून बीमाशुल्क रकम, सर्वोत्तम बचत, भरपर्दो लगानी, आयकरमा छुट, आश्रितहरुका लागि भलाई, वृद्धावस्थाको सहारा, बालबच्चाको सुनिश्चित भविष्य, बीमा गर्दा नै भविष्यमा प्राप्त हुने रकमको सुनिश्चितता जस्ता विशेषता यस योजनामा रहेको कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीका अनुसार योजना दुर दराजसम्म बीमा साक्षरता अभिवृद्धिमा अहम भुमिका खेल्ने देखिन्छ ।

अधिकतम् परिपक्व भुक्तानी, मृत्यु सुविधा, दुर्घटनाका कारण अशक्तता भएमा बीमाशुल्क छुट सुविधाको सुनिश्चितता हुनेछ । आश्रीत परिवार तथा बालबालिकालाई आर्थिक संकटबाट बच्न तथा उच्च शिक्षा, विवाह, वर्तमन तथा अन्य समाजिक कार्य गर्न आर्थिक टेवा पुग्ने जस्ता कुराहरु यस योजनाको आकर्षणको रुपमा रहेका छ ।

#bajarkochirfar #bazarkochirfar

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स