insta insta

काठमाडौँ महानगरको आदेश: खुद्रा र थोक पसलमा मूल्य सूची सार्वजनिक गर्नु अनिवार्य

काठमाडौँ महानगरको आदेश: खुद्रा र थोक पसलमा मूल्य सूची सार्वजनिक गर्नु अनिवार्य
Advertisement Ads

काठमाडौँ महानगरपालिकाले आफ्ना क्षेत्रभित्र सञ्चालन गरिएका खुद्रा र थोक पसललाई मूल्य सूची तयार गरेर पसलको अगाडिपट्टि सबैले देख्न सकिने स्थानमा राख्न निर्देशन दिएको छ।

महानगरले आज जारी गरेको सूचनामा मूल्य सूची बनाउने, अधिकतम मूल्यभन्दा बढीमा सामान बिक्री नगर्ने र म्याद गुज्रिएका वस्तु विक्री नगर्ने सुनिश्चित गर्न आग्रह गरिएको छ।

अनुगमनका क्रममा यदि कुनै वस्तु वा सेवा विक्री वितरण गर्ने क्रममा निर्देशन उल्लङ्घन गरेको पाइएमा, उजुरी परेमा, वा गुनासो प्राप्त भएमा, यस कार्यालयबाट खटिने अनुगमन टोलीका सदस्यहरूले आवश्यक कानुनी कारबाही गर्ने चेतावनी महानगरले दिएको छ।

महानगरले खाद्य, पेय पदार्थ र अन्य वस्तुको गुणस्तर, शुद्धता र स्वच्छता कायम गर्न पनि आग्रह गरेको छ। साथै, अधिकतम मूल्यभन्दा बढीमा समान बिक्री गर्ने पाइएमा कारबाही गरिने चेतावनी पनि दिइएको छ। बस्तु खरिदमा कुनै समस्या परेमा वा उजुरीको लागि ११८० मा सम्पर्क गर्न महानगरले सुझाव दिएको छ।

461248221 1093546985470889 5517812119448422092 n https://bajarkochirfar.com/%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0%a4%a1%e0%a5%8c%e0%a4%81-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%a8%e0%a4%97%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%a6%e0%a5%87%e0%a4%b6-%e0%a4%96 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स