आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा खिलेन्द्र पौडेल नियुक्त भएका छन् ।
आईएमई लिमिटेड र जीएमई मर्जरपछि पौडेलले आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पद छाडेर आईएमई लाइफमा प्रवेश गरेका हुन् ।
उनि आईएमई ग्रुपले प्रवर्द्धन गरेका वित्तीय संस्थाको उच्च व्यवस्थापन तथा स्मार्ट च्वाइस, सनी सेक्युरिटिज, आईएमई डिजिटल सोलुसन लगायत कम्पनीमा सञ्चालकका रूपमा समेत आवद्ध छन् ।
पौडेलले त्रिभुवन विश्वविद्यालयबाट एमबीए फाइनान्स गरेर भारतको अहमदावाद स्थित इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट र मलेसियाको इन्स्टिच्युट अफ ब्यांकर्स मलेसियाबाट कार्यकारी वित्तीय व्यवस्थापन तथा अन्तरदेशीय लगानी व्यवस्थापन विषयमा एक्जुकेटिभ कोर्स गरेका छन् ।
साथै, पौडेले अमेरिकास्थित हार्भड केनेडि स्कुलबाट पोलिसी डिजाइन र वित्तीय सेवा सम्बन्धी व्यावसायिक कोर्स पनि पुरा गरेका छन् ।

















प्रतिकृया