साहस ऊर्जा लिमिटेडले शतप्रतिशत (१ः१ अनुपात) हकप्रद सेयर निष्काशन गर्न मंगलबार नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दर्ता गराएको थियो। तर, भोलिपल्ट नै बोर्डको ‘पाइपलाइन’ सूचीबाट कम्पनीको नाम हटेपछि लगानीकर्तामा चासो र अन्योल बढेको छ।
मंगलबारसम्म सार्वजनिक सूचीमा देखिएको कम्पनीको नाम बुधबार अद्यावधिक सूचीमा भने देखिएन। बोर्ड स्रोतका अनुसार यो प्राविधिक समस्या होइन, कागजी प्रक्रिया अपूर्ण भएकाले नाम हटाइएको हो।
धितोपत्र बोर्डका एक अधिकारीका अनुसार जलविद्युत् कम्पनीले हकप्रद सेयर निष्काशन अघि विद्युत् नियमन आयोगबाट पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था छ। साहस ऊर्जाले आवेदन दिँदा उक्त पूर्वस्वीकृति पत्र संलग्न नगरेकाले हाललाई पाइपलाइन सूचीबाट हटाइएको हो। आवश्यक कागजात बुझाएपछि कम्पनीलाई फेरि सूचीमा राखिने बोर्डले जनाएको छ।
कम्पनीले १ः१ अनुपातमा ४ करोड ५७ लाख ३८ हजार कित्ता हकप्रद सेयर जारी गरी ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ उठाउने प्रस्ताव गरेको छ। यसको बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ।


















![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)

प्रतिकृया