विद्युत नियमन आयोगले दियो साहास ऊर्जालाई हकप्रद सेयर जारी गर्ने स्वीकृति, कति प्रतिशत हकप्रद जारी गर्ने ?

विद्युत नियमन आयोगले दियो साहास ऊर्जालाई हकप्रद सेयर जारी गर्ने स्वीकृति, कति प्रतिशत हकप्रद जारी गर्ने ?
Advertisement Ads

विद्युत नियमन आयोगले ससर्त साहास ऊर्जा लिमिटेडलाई चुक्तापुँजीको १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न पूर्वअनुमति प्रदान गरेको छ। आयोगको चैत १२ गतेको निर्णयअनुसार साहास ऊर्जाले हकप्रद सेयर जारी गर्न पूर्वसहमति पाएको हो।

हाल कम्पनीको चुक्तापुँजी ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ रहेको छ र सोही बराबरको हकप्रद सेयर जारी गर्ने प्रक्रिया कम्पनीले अगाडि बढाएको छ।

कम्पनीले हकप्रद सेयर जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ। बोर्डले अनुमति दिएमा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १०० रुपैयाँ अंकित दरका कुल ४ करोड ५७ लाख ३८ हजार कित्ता सेयर जारी गर्नेछ।

हकप्रद बिक्री प्रबन्धकको जिम्मेवारी एनआईएमबी एस क्यापिटलले सम्हाल्नेछ।

sahas urja 100 right share notice 1775014336435 scaled https://bajarkochirfar.com/the-electricity-regulatory-commission-has-approved-the-issuance-of-rights-shares-to-sahas-urja-what-percentage-of-rights-shares-will-be-issued | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स