साहस ऊर्जाको नाफामा उछाल, कति पुग्यो इपीएस ?

साहस ऊर्जाको नाफामा उछाल, कति पुग्यो इपीएस  ?
Advertisement Ads

साहस ऊर्जा लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, कम्पनीको खुद नाफा ५१.८४ प्रतिशतले बढेर १ अर्ब ३५ करोड ९१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ८९ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

विद्युत बिक्री आम्दानीमा भएको वृद्धि, प्रशासनिक खर्चमा आएको उल्लेख्य गिरावट तथा वित्तीय खर्च (ब्याज दायित्व) घट्नुका कारण कम्पनीको नाफामा आकर्षक सुधार आएको हो।

चौथो त्रैमाससम्ममा सहास ऊर्जाको विद्युत बिक्री आम्दानी ७.४२ प्रतिशतले बढेर २ अर्ब ८४ करोड ४५ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा १४.८० प्रतिशतले बढेर १ अर्ब ९७ करोड ५८ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रत्यक्ष खर्च २१.२८ प्रतिशतले बढेर २२ करोड ८३ लाख रुपैयाँ पुगेको छ। यता, कम्पनीको वित्तीय खर्च (फाइनान्स कस्ट) २७.९९ प्रतिशतले घटेर ५७ करोड ७६ लाख रुपैयाँमा सीमित भएको छ भने प्रशासनिक खर्च ५४.६९ प्रतिशतले घटेर ३ करोड ५५ लाख रुपैयाँमा आएको छ।

चौथो त्रैमाससम्ममा सहास ऊर्जाको चुक्ता पूँजी बढेर ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ३ अर्ब ६८ करोड ३ लाख रुपैयाँ सञ्चित रहेको छ। कम्पनीको मध्यम तथा दीर्घकालीन ऋण ९ अर्ब १७ करोड रुपैयाँबाट घटेर ८ अर्ब ८६ करोड रुपैयाँमा सीमित भएको छ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी (EPS) ६.०४ रुपैयाँले बढेर २९.७२ रुपैयाँ पुगेको छ। यस्तै, समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १८०.५८ रुपैयाँ र मूल्य आम्दानी अनुपात (PE Ratio) २१.४० गुणा रहेको छ।

व्यवस्थापकीय विश्लेषण र भावी योजना कम्पनीले आफ्नो ८६ मेगावाटको सोलुखोला (दुधकोशी) जलविद्युत परियोजनाबाट निरन्तर विद्युत उत्पादन गरी नेपाल विद्युत प्राधिकरणलाई बिक्री गरिरहेको छ। नदी प्रवाहमा आधारित (Run-of-River) आयोजना भएकोले मौसम र नदीको बहावका कारण उत्पादनमा सामान्य घटबढ हुने चुनौती रहे पनि प्राविधिक रूपमा कम्पनी पूर्ण तयारी अवस्थामा रहेको व्यवस्थापनले जनाएको छ।

सबैभन्दा महत्त्वपूर्ण पक्ष, सहास ऊर्जाले आफ्नो सहायक कम्पनी टाइम्स इनर्जी प्रा. लि. मार्फत ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजना (PROR) निर्माणको काम तीव्र रूपमा अगाडि बढाएको छ। उक्त आयोजनाको डिजाइन अन्तिम चरणमा पुगेको छ भने कार्यस्थलमा कर्मचारी परिचालन र आवास निर्माण अन्तिम चरणमा पुगिसकेको छ।

यसका साथै, कम्पनीको २०८२ मंसिर २४ गते सम्पन्न साधारण सभाले पारित गरेको १:१ अनुपातको हकप्रद सेयर निष्कासनको प्रस्ताव विद्युत नियमन आयोगबाट स्वीकृत भई हाल नेपाल धितोपत्र बोर्ड (SEBON) मा स्वीकृतिको पर्खाइमा रहेको छ। समीक्षा अवधिमा कम्पनीविरुद्ध कुनै पनि कानुनी मुद्दा नपरेको र संस्थागत सुशासन कायम रहेको पनि कम्पनीले स्पष्ट पारेको छ।

SAHAS https://bajarkochirfar.com/sahas-energys-profit-surges-what-is-the-eps | %tags

SAPDBL https://bajarkochirfar.com/sahas-energys-profit-surges-what-is-the-eps | %tags
यो पनि पढ्नुहोस

सप्तकोशी डेभलपमेन्ट बैंकको नाफा ८६.१८ प्रतिशत बढ्यो, खराब कर्जा घट्दा वित्तीय अवस्थामा सुधार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स