लाभांश र हकप्रद सेयर पारित गर्दै साहस उर्जाको साधारण सभा सम्पन्न



Advertisement
Ads

साहस उर्जा लिमिटेडको १२औँ वार्षिक साधारण सभा मंसिर २४ गते सम्पन्न भएको छ। सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट २२.१० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ, जसमा २१ प्रतिशत बोनस सेयर (७९ करोड ३८ लाख रुपैयाँ) र कर प्रयोजनका लागि १.१० प्रतिशत नगद (४ करोड १७ लाख ७८ हजार रुपैयाँ) समावेश छन्।

बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७८ करोड रुपैयाँबाट बढेर ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ पुगेको छ। सभाले यसै आधारमा १:१ अनुपातमा १ सय प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय पनि अनुमोदन गरेको छ, जसअनुसार कम्पनीले ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ बराबरका ४ करोड ५७ लाख ३८ हजार कित्ता हकप्रद सेयर जारी गर्नेछ।

साथै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्दै २०८१/८२ को वार्षिक तथा लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ र चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गरेको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर