सडक डिभिजन काठमाडौंले ५७ वटा निर्माण कम्पनीलाई किन सोध्यो स्पष्टीकरण ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक ११ गते
सडक डिभिजन काठमाडौंले ५७ वटा निर्माण कम्पनीलाई किन सोध्यो स्पष्टीकरण ?

सडक डिभिजन काठमाडौंले सडक तथा पुल निर्माण कार्यको प्रगति पर्याप्त नभएको भन्दै ५७ वटा निर्माण कम्पनीलाई १५ दिने स्पष्टीकरण सोधेको छ। लामो समयसम्म कार्य प्रगतिमा सुधार नआएको, संशोधित कार्यतालिकाअनुसार काम नभएको, ठेक्का म्याद नाघेको तथा ठेक्का अलपत्र रहेको कारणले ठेक्का सम्झौता अन्त्य गर्न सकिने अवस्था आएको छ।

कम्पनीहरूले ठेक्का अन्त्य नहुने कुनै ठोस कारण भए १५ दिनभित्र स्पष्टीकरण सहित उपस्थित हुन अनुरोध गरिएको छ। अन्यथा, सार्वजनिक खरिद ऐन २०६३, नियमावली २०६४ र सम्बन्धित कानुन अनुसार ठेक्का अन्त्य गर्ने प्रक्रिया अगाडि बढाइने छ।

स्पष्टीकरण सोधिएका कम्पनीहरूमा पूर्ण विनायक/सफल जेभी, शैलुङ्ग कन्स्ट्रक्सन, कश्यप निर्माण सेवा, दि कन्चनजंगा/गोल्डेनगुड/पीएसजेभी, थोदुङ/कविर विनायक जेभी, सीएम कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप, पप्पु/डाँफे जेभी, त्रिवेणी कन्स्ट्रक्सन कम्पनी, सूर्य जीवन कन्स्ट्रक्सन, निश्मन इन्टरनेशनल, लुम्बिनी/पीएस/गोल्डेन गुड जेभी, नयाँयुग निर्माण सेवा, केदार निर्माण सेवा, जय दुर्गामाता बिल्डर्स, उग्रवज्र निर्माण सेवा, सम्झना निर्माण सेवा, के एण्ड जे कन्स्ट्रक्सन, महाकाली भिमसेन, पन्थ कन्स्ट्रक्सन, ओम महासरस्वती, बीएसडी कन्स्ट्रक्सन, ओमकार बिल्डर्स, जागृत निर्माण सेवा, बिरुवा/रानीबन जेभी, राजधानी कन्स्ट्रक्सन लगायत छन्।

Page 5 page 0001 1761640884 scaled https://bajarkochirfar.com/why-did-the-road-division-kathmandu-ask-57-construction-companies-for-clarification | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स