instainsta

अपर हेवाखोला हाइड्रोपावरको ३५ लाख ३० हजार कित्ता सेयरको कहिले सकिँदैछ लकइन अवधि ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ २७ गते
अपर हेवाखोला हाइड्रोपावरको ३५ लाख ३० हजार कित्ता सेयरको कहिले सकिँदैछ लकइन अवधि ?
AdvertisementAds

अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडका ३५ लाख ३० हजार कित्ता सेयरको लकइन अवधि २०८२ साल असार ३१ गते समाप्त हुने भएको छ।

लकइन अवधिमा रहेका सेयरमध्ये कम्पनीका संस्थापकले धारण गरेका ३० लाख कित्ता, आयोजना प्रभावित स्थानीयको नाममा रहेका ५ लाख कित्ता, र कम्पनीका कर्मचारीको नाममा रहेका ३० हजार कित्ता सेयर रहेका छन्। यसबाहेक ३९ हजार १ सय ५० कित्ता थप सेयर पनि लकइनमा परेका छन्।

नेपालको धितोपत्र सम्बन्धी नियमअनुसार सार्वजनिक निष्काशन (आईपिओ) भएको मितिबाट तीन वर्षसम्म संस्थापक र कर्मचारीहरुले आफ्नो सेयर बिक्री गर्न नपाउने व्यवस्था छ। तर लकइन अवधि समाप्त भएपछि संस्थापक र कर्मचारीहरुले ती सेयर बिक्री गर्न सक्नेछन्। यद्यपि, कम्पनीका संचालकले भने अझै पनि ती शेयर बिक्री गर्न नपाउने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स