सर्वोत्तम सिमेन्टले लाभांश पारित गर्न साधारण सभा बोलाएको छ। कम्पनीले पुस २६ गते साधारण सभा बोलाएको हो। सभा होटल भिलासा, भैरहवा रुपेन्देहीमा बिहान ११ बजे सुरु हुनेछ ।
साधारण सभाबाट बोनस सेयर र नगद गरि कुल १० प्रतिशत लाभांश प्रस्ताव पारित गर्दैछ। कम्पनीका सेयरधनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट चुक्ता पुँजीको ७ प्रतिशतले हुन आउने ३२ करोड ५५ लाख रुपैयाँ बराबरको बोनस सेयर प्राप्त गर्नेछन्। यस्तै, कम्पनीले कर प्रयोजनसहित ३ प्रतिशतले हुन आउने १३ करोड ९५ लाख रुपैयाँ नगद लाभांश घोषणा गरेको छ। सर्वोत्तमको चुक्ता पुँजी ४ अर्ब ६५ करोड रुपैयाँ छ।
साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गरिसकेको छ। जस अनूसार बुक क्लोजअघि कायम सेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउनेछन्।












![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)




प्रतिकृया