उन्नति सहकार्य लघुवित्तको वार्षिक साधारण सभा माघ २६ गते बिहान ११ बजे, भैरहवास्थित होटल सनस्टार इन्टरनेसनल प्रालिमा बस्ने भएको छ।सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा–नोक्सान सम्बन्धी प्रतिवेदनमाथि छलफल हुनेछ। साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ।
त्यसैगरी, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर वा एक्विजिशन गर्न तथा कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव सभामा पेश गरिनेछ। कम्पनीले लाभांश वितरणसम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन त्यसैले यसपटक सेयरधनीको हात खाली हुनेछ।
सभा प्रयोजनका लागि कम्पनीले माघ १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। जस अनुसार, माघ १४ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन्।













![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)




प्रतिकृया