विजय लघुवित्तको नाफामा उछाल, प्रतिसेयर आम्दानी १९ रुपैयाँ पुग्यो

विजय लघुवित्तको नाफामा उछाल, प्रतिसेयर आम्दानी १९ रुपैयाँ पुग्यो

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार पुस मसान्तसम्म कम्पनीले ७ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको यही अवधिको तुलनामा ६१.९८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यो अबधिमा संस्थाले ४ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेपछि लघुवित्तको खुद नाफा पनि बढेको हो। पुस महिनासम्म लघुवित्तले २७ करोड ४२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जबकि गत वर्षको यसै अवधिमा यो रकम २० करोड ४४ लाख रुपैयाँ थियो। यता सञ्चालन नाफामा ६२.५२ प्रतिशतले बढेर ६ करोड ५० लाख रुपैयाँबाट १० करोड ५६ लाख रुपैयाँ पुगेको छ।

विजय लघुवित्तको खराब कर्जा भने ७.९० प्रतिशतबाट बढेर ८.३५ प्रतिशतमा पुगेको छ। समीक्षा अबधीमा लघुवित्तको प्रतिसेयर आम्दानी १० रुपैयाँ ९० पैसाले बढेर १८ रुपैयाँ ९१ पैसा पुगेको छ। साथै, संस्थाको प्रतिसेयर नेटवर्थ १५८.६४ रुपैयाँ रहेको छ।

हाल लघुवित्तको चुक्ता पुँजी ७४ करोड ५० लाख ४० हजार रुपैयाँ छ र यसको जगेडा कोषमा ४६ करोड ३४ लाख रुपैयाँ सञ्चित छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स