insta insta

बाँडफाँड भएको महिना दिन बित्दा पनि विजय लघुवित्तको एफपीओ कता हरायो?

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २७ गते
बाँडफाँड भएको महिना दिन बित्दा पनि विजय लघुवित्तको एफपीओ कता हरायो?
Advertisement Ads

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गरेको थप सार्वजनिक निष्काशन (एफपीओ) को बाँडफाँड सम्पन्न भएको लामो समय बितिसक्दा पनि लगानीकर्ताको डिम्याट खातामा सेयर जम्मा हुन सकेको छैन।

लघुवित्तले गत माघ ६ गते आफ्नो सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा गोलाप्रथा मार्फत ४ लाख ६६ हजार ८१७ कित्ता सेयर बाँडफाँड गरेको थियो। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्काशन गरिएको उक्त सेयर २ महिना दिन बित्न लाग्दा समेत खातामा नआएपछि लगानीकर्ताहरूले सामाजिक सञ्जाल र सम्बन्धित निकायमा चासो र चिन्ता व्यक्त गरिरहेका छन्।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार भने केही प्राविधिक कारणले गर्दा एफपीओ सूचीकरण र जम्मा गर्ने प्रक्रियामा ढिलाइ भएको हो। आगामी एक-दुई दिनभित्रै नेपाल स्टक एक्सचेन्जमा सेयर सूचीकरणको प्रक्रिया अगाडि बढ्नेछ। साथै, नेप्सेमा सूचीकरण प्रक्रिया पूरा भएलगत्तै लगानीकर्ताको डिम्याट खातामा सेयर पठाइने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

1 Comment
Oldest
Newest Most Voted
सुर्या
सुर्या
5 months ago

अर्काे साता भनेको खै अहिले सम्म सूचिकृत भएको छैन त। जे पनि भनिन्दिने । भन्नलाई पैसा नलाग्ने क्यारे जे भन्देनि भयो

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स