विजय लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन (एफपीओ) को बाँडफाँड मंगलबार माघ ६ गते हुने भएको छ। बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार एफपीओको प्रि–आलोटमेन्ट प्रक्रिया सम्पन्न भइसकेको छ र बाँडफाँडको अन्तिम तयारी भइरहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ निष्काशन गरेको थियो। एफपीओमा अन्तिम दिनसम्म २२ लाख ९९ हजार २५२ जना आवेदकबाट आवेदन परेको थियो।
सिडिएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार कुल २ करोड ६६ लाख ६६ हजार ९९० कित्ता सेयरका लागि आवेदन परेको हो, जसको कुल रकम २ अर्ब ६६ करोड ६६ लाख ९९ हजार रुपैयाँ बराबर हुन्छ। बाँडफाँडपछि ४६ हजार ७८१ जनाले १०।१० कित्ताका दरले सेयर पाउनेछन्। तीमध्ये ७ जना आवेदकले थप १।१ कित्ता प्राप्त गरी ११ कित्ता सेयर पाउनेछन्। बाँकी करिब साढे २२ लाख आवेदकको भने हात खाली हुने निश्चित देखिएको छ।









![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)






![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया