केडिया इन्टरनेशनल प्रालिले ‘भ्यालेन्टाइन्स डे’को अवसरमा एम्पेयर इलेक्ट्रिक स्कुटरमा जोडीहरूलाई विशेष छुट दिने अफर ल्याएको छ। यस अफरमा, जोडीहरूले आफ्नो संयुक्त उमेरको आधारमा छुट प्राप्त गर्नेछन्। उदाहरणका लागि, यदि प्रेमीको उमेर २५ वर्ष र प्रेमिकाको उमेर २० वर्ष छ भने, उनीहरूले ४५ हजार रुपैयाँको छुट पाउनेछन्।
यद्यपि, छुटको अधिकतम सीमा १ लाख ५० हजार रुपैयाँसम्मको हुनेछ। यो अफर एम्पेयरको ‘प्रिमस’ मोडेलमा मात्र लागू हुनेछ, र विवाहित र अविवाहित दुवै जोडीहरूले यसमा सहभागी हुन सक्नेछन्। अफरको लाभ उठाउनका लागि ग्राहकहरूले आफ्नो नागरिकता प्रमाणपत्र र सवारी चालक अनुमतिपत्र (लाइसेन्स)सहित आधिकारिक एम्पेयर शोरुममा उपस्थित हुनुपर्नेछ। एम्पेयर इलेक्ट्रिक स्कुटर भारतको प्रमुख ईभी ब्रान्ड हो र यसले ‘डिजाइन इन इन्डिया, मेड इन इन्डिया’ नारासहित उत्पादन र बिक्री गर्दै आएको छ। भारतमा यसको तीन लाखभन्दा बढी ग्राहक रहेका छन्। नेपालमा, एम्पेयरले म्याग्नस, प्रिमस र नेक्सस मोडेलहरू उपलब्ध गराएको छ, जसले विद्यार्थी, कार्यालय कर्मचारी, गृहिणी, र विशेष आवश्यकता भएका व्यक्तिहरूको लागि सुविधाजनक छन्। एम्पेयर स्कुटर नेपालका प्रमुख सहरहरूमा उपलब्ध छन्, जस्तै टेकु, भक्तपुर, इटहरी/बिर्तामोड, पोखरा र भैरहवा।
एम्पेयर प्रिमस इलेक्ट्रिक स्कुटरको विशेषताहरूमा ७७ किमी/घण्टाको अधिकतम गति, ४.२ सेकेन्डमा ०-४० किमी/घण्टामा पुग्ने क्षमता, र एक पटक चार्जमा १०७ किमी दुरी तय गर्ने क्षमता समावेश छन्। यो स्कुटर १८६ एनएम टर्क र १४ डिग्री उकालो चढ्ने क्षमतासहित पहाडी भेगमा पनि सजिलै चलाउन सकिन्छ। ३ किलोवाट आवर एलएफपी ब्याट्रीलाई पाँच घण्टामा पूर्ण चार्ज गर्न सकिन्छ, र छिटो चार्ज सुविधा पनि उपलब्ध छ। यसमा चार प्रकारका ड्राइभिङ मोड (इको, सिटी, पावर र रिभर्स) छन्, जसले चालकलाई आवश्यकता अनुसार स्कुटर चलाउनका लागि सहज बनाउँछ। प्रिमस स्कुटरको मोटर पावर ३३००/४००० वाट छ र यसले १५० किलोग्रामसम्मको भार क्षमता बोक्न सक्छ। यसमा १२ इन्चको एलोय ह्वील र ट्युबलेस टायर, एलसीडी कन्सोल, मोबाइल ब्लुटुथ कनेक्टिभिटी, डिजिटल ओडोमिटर, युएसबी मोबाइल चार्जर जस्ता सुविधाहरू पनि छन्। यसको डिक्की २२ लिटरको छ, र सुरक्षा सुनिश्चित गर्न साइड स्ट्यान्ड सेन्सर, एलईडी हेडलाइट, हेलोजन टेल लाइट र टर्निङ लाइट जस्ता सुविधाहरू उपलब्ध छन्। यो स्कुटरको मोटर, ब्याट्री र गाडीमा ३ वर्ष वा ३०,००० किमीसम्मको वारेन्टी पनि दिइन्छ।



















प्रतिकृया