कहिले सम्म कायम सेयरधनीले तारागाउँ रिजेन्सी होटल्सको लाभांश पाउने ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ३० गते
कहिले सम्म कायम सेयरधनीले तारागाउँ रिजेन्सी होटल्सको लाभांश पाउने ?

तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न पुस २४ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा नेपाल आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान साढे ११ बजे सुरु हुनेछ ।

सभामा कम्पनीले कर सहित ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल हुनेछ । लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि उक्त सभामा पेश हुनेछ ।

सभा प्रयोजनका लागि यस कम्पनीले पुस ६ गते बुक क्लोज गर्ने भएको छ । पुस ५ गते शुक्रबार पर्ने हुँदा त्यस दिन सेयर कारोबार बन्द हुन्छ । त्यसैले, पुस ४ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स