तारागाउँ रिजेन्सी होटल्सले पठायो नगद लाभांश सेयरधनीको खातामा, नपाएकाले के गर्ने ?

तारागाउँ रिजेन्सी होटल्सले पठायो नगद लाभांश सेयरधनीको खातामा, नपाएकाले के गर्ने ?

तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले पुस २३ गते सम्पन्न २९ औं वार्षिक साधारणसभाबाट पारित गरेको लाभांश सम्बन्धित सेयरधनीहरूको बैंक खातामा जम्मा भएको छ। कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस ७ गते बुक क्लोज गरेको थियो।

बुक क्लोजको अघिल्लो दिन अर्थात् पुस ६ गतेसम्म नेप्सेमा कायम रहेका सेयरधनीहरूलाई कम्पनीले पारित गरेको ५ प्रतिशत नगद लाभांश माघ २ गतेदेखि बैंक खातामा पठाउन सुरु गरेको हो।

कम्पनीले खातामा नगद लाभांश नपाएका सेयरधनीहरूलाई आफ्नो डिम्याट खाता र बैंक खाता अपडेट गर्न आग्रह गरेको छ, जसपछि मात्र लाभांश प्राप्त गर्न सकिनेछ। साथै, पुस ६ गतेसम्म सेयर धितो राखी ऋण लिएका सेयरधनीहरूको हकमा सम्बन्धित ऋण दिने संस्थाबाट ‘नो अब्जेक्सन लेटर’ प्राप्त भएपछि मात्र लाभांश रकम बैंक खातामा पठाइने कम्पनीले स्पष्ट पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स