तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले पुस २३ गते सम्पन्न २९ औं वार्षिक साधारणसभाबाट पारित गरेको लाभांश सम्बन्धित सेयरधनीहरूको बैंक खातामा जम्मा भएको छ। कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस ७ गते बुक क्लोज गरेको थियो।
बुक क्लोजको अघिल्लो दिन अर्थात् पुस ६ गतेसम्म नेप्सेमा कायम रहेका सेयरधनीहरूलाई कम्पनीले पारित गरेको ५ प्रतिशत नगद लाभांश माघ २ गतेदेखि बैंक खातामा पठाउन सुरु गरेको हो।
कम्पनीले खातामा नगद लाभांश नपाएका सेयरधनीहरूलाई आफ्नो डिम्याट खाता र बैंक खाता अपडेट गर्न आग्रह गरेको छ, जसपछि मात्र लाभांश प्राप्त गर्न सकिनेछ। साथै, पुस ६ गतेसम्म सेयर धितो राखी ऋण लिएका सेयरधनीहरूको हकमा सम्बन्धित ऋण दिने संस्थाबाट ‘नो अब्जेक्सन लेटर’ प्राप्त भएपछि मात्र लाभांश रकम बैंक खातामा पठाइने कम्पनीले स्पष्ट पारेको छ।

















प्रतिकृया