पुस ६ गतेसम्म सेयरधनी बने पाइन्छ यी दुई कम्पनीको लाभांश, कुनले कति लाभांश दिदै ?

पुस ६ गतेसम्म सेयरधनी बने पाइन्छ यी दुई कम्पनीको लाभांश, कुनले कति लाभांश दिदै ?

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने पुस ६ गते अन्तिम दिन रहेको छ। तारागाउँ रिजेन्सी र नेपाल हाइड्रो डेभलपर्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार पुस ६ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले नगद लाभांश (करबाहेक) वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस २३ गते २९औँ वार्षिक साधारण सभा काठमाडौंस्थित आर्मी अफिसर्स क्लब, भद्रकालीमा बोलाएको छ।

नेपाल हाइड्रो डेभलपर्स लिमिटेडले हाल कायम चुक्ता पुंजीको ९ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनको लागि ०.४७ प्रतिशत नगद लाभांश गरि कुल ९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स