नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान परिस्थितिमा धैर्य र संयम अपनाउन आह्वान गरेका छन्। बुधबार बिहान सामाजिक सञ्जालमार्फत् पोखरेलले कवि नेत्रलाल अभागीको कविता सेयर गर्दै अहिलेको विषम परिस्थितिमा धैर्य र संयमित रहन आग्रह गरेका हुन्।
आँधी र हुरी नचलेको बेला
वातावरण स्तब्ध र शान्त भएको घडीमा
एउटा नर्कट पनि
छाती खोलेर ठिङ्ग उभिन सक्छ
एउटा कायरले पनि
बहादुरीका लामालामा कुरा गर्न सक्छ
तर मेरा मित्र
आँधी र हुरी चलिरहेको बेलामा
वातावरण गतिशील र अशान्त भएको घडीमा
पहाडको चुचुरोमाथि
आँधी र हुरीसँग पौठेजोरी खेल्दै
एउटा सतिसाल मात्र ठिङ्ग उभिन सक्छ ।
– नेत्रलाल अभागी
धैर्य गरौ,
संयमित बनौ,
हामी फेरी उठ्ने छौ ।


प्रतिकृया