SHAREHUBSHAREHUB

समयमै नवीकरण नगरेपछि दुई मनी एक्सचेन्जको लाइसेन्स खारेज

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर ७ गते
AdvertisementAds
समयमै नवीकरण नगरेपछि दुई मनी एक्सचेन्जको लाइसेन्स खारेज
AdvertisementAds

नेपाल राष्ट्र बैंक (राष्ट्र बैंक)ले तोकिएको समयमा लाइसेन्स नवीकरण नगरेका दुई मनी एक्सचेन्जको इजाजतपत्र खारेज गरेको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै मनिचेञ्जर इजाजत पत्र तथा निरीक्षण नियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उपविनियम (३) अनुसार म्याद समाप्त भएको तीन महिनाभित्र नवीकरण नगरेकाले इजाजतपत्र रद्द गर्ने निर्णय गरिएको जानकारी गराएको छ।

लाइसेन्स खारेज भएका दुई मनी एक्सचेन्ज—लर्ड बुद्ध मनी एक्सचेन्ज र स्तुपा मनी एक्सचेन्ज काठमाडौं महानगरपालिकाको सुनधारा क्षेत्रमा सञ्चालनमा रहेका थिए। समयमै नवीकरण प्रक्रिया पूरा नगरेपछि राष्ट्र बैंकले दुवै संस्थाको लाइसेन्स खारेज गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स