एकैदिन दुई कम्पनीको आईपीओ खुल्यो, क-कसले भर्न पाउने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र ९ गते
एकैदिन दुई कम्पनीको आईपीओ खुल्यो, क-कसले भर्न पाउने ?
AdvertisementAds

एकैदिन दुई कम्पनीले आईपीओ निष्काशन गरेका छन् । आज चैत्र ९ गतेदेखि स्नो रिभर्स लिमिटेड र सोपान फर्मास्युटिकल्स लिमिटेडले आईपीओ निष्काशन गरेका हुन् ।

स्नो रिभर्सले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ ल्याएको हो। आयोजना प्रभावित स्थानीयका लागि ९ लाख ३७ हजार ५०० र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ९३ हजार ७५० कित्ता छुट्याइएको छ। आयोजना प्रभावित स्थानीयमा पनि ताप्लेजुङ जिल्लाको सिरिजङ्गाँ–८ का स्थानीयलाई ४ लाख ६८ हजार ७५० कित्ता र अन्य प्रभावित क्षेत्रका स्थानीयलाई ४ लाख ६८ हजार ७५० कित्ता दिने व्यवस्था गरिएको छ।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ। आयोजन प्रभावित क्षेत्रका बासिन्दाले अधिकतम १०,००० कित्तासम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीले अधिकतम १,००० कित्ताका लागि आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् भने स्थानीयले काठमाडौंको नक्सालस्थित सानिमा क्यापिटल, ताप्लेजुङको सिरिजङ्गाँ–८, याम्फुदिनस्थित आयोजनास्थल, नेपाल बैंक सिरिजङ्गा शाखा, एनएमबि बैंक, सानिमा बैंक र ग्लोबल आइएमई बैंक फुङलिङ शाखाबाट आवेदन दिन सक्नेछन्। स्थानीयका लागि निष्काशन बन्द चैत २३ गतेदेखि वैशाख ८ गतेसम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि चैत १२ गतेदेखि चैत २३ गतेसम्म हुने छ। यस आईपीओको बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ।

त्यसैगरी, सोपान फर्मास्युटिकल्स लिमिटेडले श्रम स्वीकृति प्राप्त वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख २९ हजार कित्ता सेयर निष्काशन गरेको हो। आवेदन दिन न्यूनतम १० र अधिकतम ११ हजार कित्ताको व्यवस्था छ। यो चरणमा आवेदन दिन सकिने अन्तिम मिति चैत्र १२ गते तोकिएको छ। आगामी चरणमा कम्पनीले आम सर्वसाधारणका लागि ३४ लाख ७४ हजार ९ सय कित्ता सेयर निष्काशन गर्नेछ। यस आईपीओको बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स