सोपान फर्मास्युटिकल्सको आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख १७ गते
सोपान फर्मास्युटिकल्सको आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?

सोपान फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओको आज बाँडफाँड सम्पन्न भएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज बिहान आईपीओको बाँडफाँड गरेको हो ।

कम्पनीले वैशाख ३ गतेदेखि वैशाख ८ गतेसम्म सर्वसाधारणका लागि कुल ३४ लाख ७४ हजार ९ सय कित्ता सेयर निष्काशन गरेको थियो। बाँडफाँडपछि ३ लाख ४७ हजार ४ सय ९० जना आवेदकले प्रति १०–१० कित्ताका दरले सेयर पाएका छन् भने बाँकी आवेदकको हात खाली भएको छ।

आईपीओको रिजल्ट हेर्नको लागि iporesult.cdsc.com.np मा जानुहोस्। त्यसपछि ‘Select Company’ मा गएर Sopan Pharmaceuticals Limited छान्नुहोस्। त्यसपछि आफ्नो १६ अंकको BOID नम्बर enter गरेर तपाईंले आईपीओको रिजल्ट हेर्न सक्नुहुन्छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स