सोपान फर्मास्युटिकल्स लिमिटेडले निष्काशन गरेको सेयर अब डिम्याट हुने भएको छ। यसका लागि कम्पनी र सीडीएस एण्ड क्लियरिङ लिमिटेडबीच जेठ ८ गते धितोपत्र अभौतिकीकरण सम्बन्धी सम्झौता भएको छ।
अब यी सेयर डिम्याट भएपछि लगानीकर्ताको डिम्याट खातामा सिधै आउनेछ। त्यसपछि सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुनेछ। सूचीकृत भएको भोलिपल्टदेखि सेयर किनबेच गर्न सकिनेछ।
कम्पनीले यसअघि वैशाख ३ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि ३४ लाख ७४ हजार ९ सय कित्ता आईपीओ निष्काशन गरेको थियो, जसको बाँडफाँड वैशाख १७ गते सम्पन्न भइसकेको छ। नेपाल धितोपत्र बोर्डले फागुन १७ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो।


















![इन्स्योरेन्स र रि इन्स्योरेन्सहरुलाई रसुवा बाढीको असर कस्तो पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/NGMO2lMdmDk-maxresdefault-150x150.jpg)

प्रतिकृया