सोपान फर्मास्युटिकल्स लिमिटेडले आफ्नो सेयर रजिष्ट्रारका रूपमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। आज वैशाख २१ गते सोमबारदेखि लागू हुने गरी उक्त नियुक्ति गरिएको कम्पनीले जनाएको छ।
यससँगै अब कम्पनीको धितोपत्रसम्बन्धी अभिलेख व्यवस्थापन, दाखिल–खारेज, नामसारी, सेयर रोक्का राख्ने तथा सेयरधनीहरूको लगत अद्यावधिक गर्ने लगायत सम्पूर्ण रजिष्ट्रार सेवा एनएमबि क्यापिटलले प्रदान गर्नेछ।
कम्पनीले यसअघि वैशाख ३ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि ३४ लाख ७४ हजार ९ सय कित्ता आईपीओ निष्काशन गरेको थियो, जसको बाँडफाँड वैशाख १७ गते सम्पन्न भइसकेको छ। नेपाल धितोपत्र बोर्डले फागुन १७ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो।
अब आईपीओमा परेको सेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा भएपछि र नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको दोस्रो बजारमा कारोबार सुरु हुनेछ।







![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)






![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया