सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सेयर भर्ने भोलि अन्तिम दिन

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ १८ गते
सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सेयर भर्ने भोलि अन्तिम दिन
AdvertisementAds

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर भर्ने (भोलि) जेठ १९ गते अन्तिम दिन रहेको  छ। कम्पनीले  १:०.२७ को अनुपातमा प्रति कित्ता १०० रुपैयाँको दरमा १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर निष्काशन गरेको हो।

यस हकप्रद सेयर निष्काशनका लागि कम्पनीले वैशाख ५ गते बुक क्लोज गरेको थियो। त्यसअनुसार वैशाख ४ गतेसम्म कायम सेयरधनीहरू मात्र हकप्रद भर्न सक्नेछन् । हकप्रद सेयर निष्कासनको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताहरूले आस्वा स्वीकृत बैंक तथा वित्तीय संस्था र ‘मेरो सेयर’ प्रणाली मार्फत हकप्रद भर्न सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स