नेपाल इन्स्योरेन्सको हकप्रद सेयर भर्ने आज अन्तिम दिन, कहिलेसम्म कायम सेयरधनीले भर्न पाउने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र २ गते
नेपाल इन्स्योरेन्सको हकप्रद सेयर भर्ने आज अन्तिम दिन, कहिलेसम्म कायम सेयरधनीले भर्न पाउने ?

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्काशन गरिरहेको हकप्रद सेयर भर्ने आज (भदौ २) अन्तिम दिन भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद सेयर १० बराबर ३४.७८३ को अनुपातमा जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो। यसका लागि कम्पनीले जेठ ३० गते बुक क्लोज गरेको थियो। त्यसअनुसार जेठ २९ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा यस कम्पनीको सेयर खरिद गरेका सेयरधनीले मात्र आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

इच्छुक सेयरधनीले बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलको लाजिम्पाटस्थित केन्द्रीय कार्यालय वा पोखरा, बुटवल, वीरगंज र विराटनगरका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै, सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखाहरू हुँदै वा मेरो शेयर प्लेटफर्ममार्फत अनलाइनबाट पनि आवेदन दिन सकिन्छ।

कम्पनीले बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजी पुर्याउनका लागि यो हकप्रद निष्काशन ल्याएको हो। हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८९ करोड ८ लाख रुपैयाँ रहेको छ जुन हकप्रद बाँडफाँडपछि बढेर २ अर्ब ५४ करोड ८५ लाख रुपैयाँ पुग्नेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स