सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्न लागेको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (फागुन १ गते) रहेको छ। कम्पनीले ३१औं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि (फागुन २ गते) बुक क्लोज गर्ने भएकाले आजसम्म कायम रहेका सेयरधनीहरू मात्रै साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
कम्पनीको साधारणसभा फागुन १५ गते बिहीबार काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान १०:३० बजे बस्नेछ। सभाले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
साथै, सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने तथा सञ्चालक समितिलाई आवश्यक अख्तियारी प्रदान गर्ने प्रस्तावहरू पेस गरिने छन्।



















प्रतिकृया