स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आइतबारदेखि खुला गरेको थप सार्वजनिक निष्काशन (एफपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। एफपीओ छिटोमा फागुन २१ र ढिलोमा चैत ३ गतेसम्म खुला रहने भनिएको भए पनि माग अपेक्षाभन्दा बढी भएकाले आजै बैंकिङ समयपछि निष्काशन बन्द गरिनेछ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ जारी गरेको हो। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
क्रेडिट रेटिङ संस्थान इक्रा नेपालले एफपीओका लागि ‘इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस’ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।
यस एफपीओको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सबै सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूका शाखा कार्यालयहरू वा ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरी आवेदन दिन सक्छन्।














![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)




प्रतिकृया