एनएलजी इन्स्योरेन्सको अवितरित हकप्रद सेयरको लिलामीमा आवेदन दिने आज अन्तिम दिन, कहाँ दिने आवेदन ?



Advertisement
Ads

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको अवितरित हकप्रद सेयरमा आवेदन दिने आज (माघ २७ गते) अन्तिम दिन रहेको छ ।

कम्पनीले माघ २० देखि अवितरित हकप्रद सेयरको लिलाममार्फत बिक्री खुला गरेको थियो ।कम्पनीले अवितरित संस्थापक समूहतर्फको २९ हजार ९७७.३१ कित्ता र सर्वसाधारण समूहतर्फको २ लाख ९० हजार ५५५.९१ कित्ता गरी कुल ३ लाख २० हजार ५३३.२२ कित्ता हकप्रद लिलाम प्रक्रियामार्फत बिक्रीमा ल्याएको हो ।


Advertisement

प्रतिकित्ता १०० रुपियाँ तोकिएको यस सेयरमा जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले खरिद गर्न सक्नेछन्।

इच्छुक खरिदकर्ताले आजसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । संस्थापकतर्फ न्यूनतम १००० कित्ता र सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ता र अधिकत सबै कित्ताका लागि आवेदन दिन पाइनेछ ।

बोलपत्र कम्पनीको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड कमलपोखरी, काठमाडौं तथा एनएलजी इन्स्योरेन्सका शाखा कार्यालय विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, सुर्खेत था धनगढीमा बुझाउनुपर्नेछ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर