अब पठाओ राइडर बन्न परीक्षा दिएर ८० प्रतिशत अंक ल्याउनुपर्ने, फेल भए पुनः परीक्षा दिन पाइने



Advertisement
Ads

राइड सेयरिङ सेवा प्रदायक पठाओ नेपालले राइडर बन्न अनलाइन प्रशिक्षण र परीक्षा अनिवार्य गरेको छ। कम्पनीका अनुसार, सुरुमा कक्षामा बसेर दिँदै आएको प्रशिक्षण अब डिजिटल माध्यमबाट सञ्चालन हुनेछ भने परीक्षा अनिवार्य गरेको हो।

पठाओकी निर्देशक सुरक्षा हमालले जानकारी दिइन्, “राइडर बन्नका लागि ब्लूबुक, सवारी चालक अनुमति पत्र (लाइसेन्स) र तेस्रो पक्ष बीमा अनिवार्य छ। ती कागजात अपलोड गरेपछि एपमार्फत लर्निङ म्यानेजमेन्ट सिस्टम (एलएमएस) मार्फत प्रशिक्षण लिन सकिनेछ।” प्रशिक्षणपछि लिइने परीक्षामा कम्तीमा ८० प्रतिशत अंक ल्याउनुपर्नेछ। असफल भएमा भोलिपल्ट पुनः प्रशिक्षण लिएर परीक्षा दिन सकिनेछ।

पठाओका अनुसार आवश्यक कागजात अपलोड गरेपछि पठाओको कार्यालयले जाँच गर्नेछ र सही पाए २४ घण्टाभित्र खाता प्रमाणीकरण हुनेछ। प्रशिक्षण पूरा गरेपछि परीक्षामा सामेल हुन पाइनेछ। ८० प्रतिशत वा सोभन्दा बढी अंक ल्याएपछि सम्बन्धित व्यक्तिलाई एसएमएसमार्फत सम्झौतापत्र पठाइने र हस्ताक्षर गरेपछि आधिकारिक रूपमा पठाओ चालक (राइडर) बन्न सकिने कम्पनीले जनाएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर