राइड सेयरिङ सेवा प्रदायक पठाओ नेपालले राइडर बन्न अनलाइन प्रशिक्षण र परीक्षा अनिवार्य गरेको छ। कम्पनीका अनुसार, सुरुमा कक्षामा बसेर दिँदै आएको प्रशिक्षण अब डिजिटल माध्यमबाट सञ्चालन हुनेछ भने परीक्षा अनिवार्य गरेको हो।
पठाओकी निर्देशक सुरक्षा हमालले जानकारी दिइन्, “राइडर बन्नका लागि ब्लूबुक, सवारी चालक अनुमति पत्र (लाइसेन्स) र तेस्रो पक्ष बीमा अनिवार्य छ। ती कागजात अपलोड गरेपछि एपमार्फत लर्निङ म्यानेजमेन्ट सिस्टम (एलएमएस) मार्फत प्रशिक्षण लिन सकिनेछ।” प्रशिक्षणपछि लिइने परीक्षामा कम्तीमा ८० प्रतिशत अंक ल्याउनुपर्नेछ। असफल भएमा भोलिपल्ट पुनः प्रशिक्षण लिएर परीक्षा दिन सकिनेछ।
पठाओका अनुसार आवश्यक कागजात अपलोड गरेपछि पठाओको कार्यालयले जाँच गर्नेछ र सही पाए २४ घण्टाभित्र खाता प्रमाणीकरण हुनेछ। प्रशिक्षण पूरा गरेपछि परीक्षामा सामेल हुन पाइनेछ। ८० प्रतिशत वा सोभन्दा बढी अंक ल्याएपछि सम्बन्धित व्यक्तिलाई एसएमएसमार्फत सम्झौतापत्र पठाइने र हस्ताक्षर गरेपछि आधिकारिक रूपमा पठाओ चालक (राइडर) बन्न सकिने कम्पनीले जनाएको छ।
















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया