insta insta

केवाइसी स्वचालित बनाउन टिङटिङ र नेस्ट एसएमएसमा ‘थर्ड फ्याक्टर एआई’ प्रयोगमा

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन ११ गते
केवाइसी स्वचालित बनाउन टिङटिङ र नेस्ट एसएमएसमा ‘थर्ड फ्याक्टर एआई’ प्रयोगमा
Advertisement Ads

नेपालका डिजिटल प्लेटफर्महरू टिङटिङ र नेस्ट एसएमएसले आफ्ना प्रयोगकर्ताहरूको केवाइसी (KYC) प्रमाणीकरण प्रक्रियालाई स्वचालित बनाउन ‘थर्ड फ्याक्टर एआई’ कम्पनीले निर्माण गरेको प्रविधि प्रयोगमा ल्याएका छन्।नेपालमा पछिल्लो समय स्पाम तथा अनधिकृत सन्देशको प्रयोग बढ्दो देखिन थालेपछि, सम्भावित कम्प्लायन्स आवश्यकतालाई ध्यानमा राख्दै यी कम्पनीहरूले केवाइसी प्रक्रियालाई प्रविधिमार्फत व्यवस्थित बनाउन एआई प्रणाली अपनाएका हुन्।

यसअघि टिङटिङले ग्राहकको पहिचान कर्मचारीमार्फत म्यानुअल रूपमा जाँच गर्दै आएको थियो। प्रयोगकर्ताको संख्या बढेसँगै यो प्रक्रिया ढिलो र जटिल बन्दै गएको थियो। अहिले थर्ड फ्याक्टर एआईले अनुहार र कागजातको स्वचालित रूपमा तत्काल जाँच गर्ने भएकाले ग्राहकलाई सेवामा जोडिन लाग्ने समय घटेको कम्पनीले जनाएक छ। TingTing Third Factor e1771747471181 https://bajarkochirfar.com/tingting-and-nest-sms-use-third-factor-ai-to-automate-kyc | %tags

त्यसैगरी, नेस्ट एसएमएसले पनि अनधिकृत सन्देश रोक्न र सुरक्षित एसएमएस प्रणाली विकास गर्न एआई प्रविधि आफ्नो प्रणालीमा एकीकृत गरेको छ।

nnext ting ting ao https://bajarkochirfar.com/tingting-and-nest-sms-use-third-factor-ai-to-automate-kyc | %tags

यी स्टार्टअपहरूको पहलले नेपालको डिजिटल क्षेत्रमा एआई प्रयोग विस्तार हुँदै गएको संकेत गर्छ। नेपालका ठूला कम्पनीहरूमा एआईको प्रयोग सुस्त र परीक्षणकै क्रममा रहे पनि नयाँ स्टार्टअपहरूले भने कानुनी नियमको पालना र कामको गति बढाउन एआईलाई व्यवहारिक रूपमै लागू गर्न थालेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स