विजय लघुवित्तबाट एकैपटक तीन संस्थापक बाहिरिँदै, कसले कति कित्ता सेयर बेच्दै ?



विजय लघुवित्तका तीन संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्ने भएका छन्। कम्पनीले सुलोचना न्यौपानेको नाममा रहेको १३ हजार ७१४ कित्ता, कृष्ण प्रसाद पौडेलको ८ हजार ३१४ र अजय कुमार पटेलको २ हजार ४०० कित्ता गरि कूल २४ हजार ४५५ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको छ ।

उक्त सेयरमा हाल कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । इच्छुक सेयरधनीहरूले आज(असार ५ गते) मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय धुलिखेलमा आवेदन दिनुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट आवेदन नआए पश्चात उक्त सेयर अन्य व्यक्ति वा संस्थामा बिक्री गरिने कम्पनीले जनाएको छ ।


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर