सन् २०२५ को मार्च महिनामा १ लाख २१ हजार ८०० विदेशी पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार वर्षको पहिलो तीन महिनामा जम्मा २ लाख ९८ हजार पर्यटक नेपाल भित्रिएका छन्, जसमा जनवरीमा ७९ हजार ९९१, फेब्रुअरीमा ९६ हजार ८८० र मार्चमा १ लाख २१ हजार ८०० रहेका छन्।मार्च महिनामा सबैभन्दा धेरै २१ हजार ४४१ पर्यटक भारतबाट आएका छन् भने चीनबाट ११ हजार ४४३, अमेरिकाबाट ११ हजार ९२, श्रीलंकाबाट ८ हजार ८८६, बेलायतबाट ५ हजार ५७ र थाइल्याण्डबाट ४ हजार ९८६ जना पर्यटक नेपाल भित्रिएका छन्।
मार्च महिनामा मात्रै दक्षिण एसियाली मुलुकहरूबाट ३५ हजार २८७ पर्यटक आएका छन्। अघिल्लो वर्षको तुलनामा यो संख्या ४.९६ प्रतिशतले कम भएको छ । सन् २०२४ को मार्चमा १ लाख २८ हजार १६७ पर्यटक नेपाल आएका थिए।















प्रतिकृया