नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागि पोखरा एभेन्जर्सले आफ्नो जर्सी मार्फत पृथक सन्देश दिएको छ। अन्य टिमहरूले जर्सीमा विभिन्न प्रायोजकका लोगो देखिए पनि एभेन्जर्सको जर्सीमा भने केवल आतिथ्य साझेदार रहेको सोल्टी होटलको लोगो ट्राउजरमा देखिन्छ।
जर्सीको अगाडि “ग्लेसियर्स म्याटर” लेखिएको छ, जसले हिमनदीहरूको महत्व र जलवायु परिवर्तनका कारण हुने जोखिमप्रति सचेतना दिएको छ। पछाडिको भागमा “प्योर एज प्याराडाइज” उल्लेख गरिएको छ, जसले नेपालका हिमालको सौन्दर्य र विशिष्टता झल्काउँछ।














प्रतिकृया