एनपीएलको तेस्रो संस्करणको मिति सार्वजनिक, कहिलेदेखि कहिलेसम्म हुने ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण २४ गते
एनपीएलको तेस्रो संस्करणको मिति सार्वजनिक, कहिलेदेखि कहिलेसम्म हुने ?
AdvertisementAds

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म सञ्चालन हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताको मिति सार्वजनिक गरेको हो।

क्यानले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत तेस्रो संस्करण अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म आयोजना हुने जानकारी दिएको छ।

क्यानको आयोजनामा हुँदै आएको एनपीएल नेपाली क्रिकेटको प्रमुख फ्रेन्चाइज प्रतियोगिता हो। यसअघि सम्पन्न दुई संस्करणले नेपालमा फ्रेन्चाइज क्रिकेटप्रतिको आकर्षण बढाउनुका साथै खेलाडी, प्रशिक्षक, विदेशी खेलाडी र समर्थकमाझ प्रतियोगिताको लोकप्रियता थप विस्तार गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स