फिफा विश्वकप २०२६ को फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण ३ गते
फिफा विश्वकप २०२६ को फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
AdvertisementAds

फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित फाइनल खेल नेपाल टेलिभिजनको एनटीभी प्लस च्यानलबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिम्सिनाले आइतबार यसको जानकारी दिएका हुन्।

उनका अनुसार आज राति हुने विश्व फुटबलको उपाधि भिडन्त नेपाली दर्शकले कुनै अतिरिक्त शुल्क नतिरी एनटीभी प्लसमार्फत प्रत्यक्ष हेर्न सक्नेछन्।

यसअघि पनि फिफा विश्वकप २०२६ अन्तर्गत तेस्रो स्थानका लागि फ्रान्स र इङ्ग्ल्यान्डबीच भएको खेल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स