शुभम पावर लिमिटेडको सेयरको ‘लक इन’ अवधि आगामी माघ २६ गते समाप्त हुने भएको छ। सो मितिमा कम्पनीका कुल १४ लाख ३१ हजार ३० कित्ता सेयरको लक–इन अवधि सकिन लागेको हो।
लक–इन अवधि समाप्त हुन लागेका सेयरमध्ये संस्थापक समूहको १४ लाख कित्ता, कर्मचारीका लागि सुरक्षित गरिएको ११ हजार ६१० कित्ता तथा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि सुरक्षित गरिएको १९ हजार ४२० कित्ता सेयर रहेका छन्।
यद्यपि, सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको हकमा भने प्रचलित नियमानुसार सेयर रोक्का नै रहने कम्पनीले जनाएको छ।




















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया