instainsta

दुई हाइड्रोपावर कम्पनीको आईपीओ आजदेखि खुल्यो, क-कसले भर्न पाउने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र ८ गते
दुई हाइड्रोपावर कम्पनीको आईपीओ आजदेखि खुल्यो, क-कसले भर्न पाउने ?
AdvertisementAds

आज चैत्र ८ गतेदेखि दुई हाइड्रोपावर कम्पनीले पहिलो चरणको आईपीओ बिक्री खुला गरेका छन्। याम्बालिङ्ग हाइड्रोपावर लिमिटेड र सानिगाड हाइड्रो लिमिटेडले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरेका हुन्।

याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरेको छ। स्थानीयका लागि ७ लाख कित्ता सेयर छुट्याइएको छ, जसमा सिन्धुपाल्चोक जिल्लाका जुगल गाउँपालिका वडा नं. १ देखि ७ का बासिन्दाले आवेदन दिन सक्नेछन्। आवेदनका लागि न्यूनतम १० र अधिकतम ७ हजार कित्ता सेयर आवेदन गर्न सकिन्छ। आवेदनको म्याद छिटोमा चैत्र २२ गते र ढिलोमा वैशाख ७ गतेसम्म रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २ लाख १० हजार कित्ता सेयर छुट्याइएको छ, जसमा न्यूनतम १० र अधिकतम २१ हजार कित्ता आवेदन गर्न सकिनेछ। आवेदनको म्याद चैत्र ११ गतेसम्म रहेको छ। आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

सानिगाड हाइड्रो लिमिटेडले पहिलो चरणमा बझाङ जिल्लाका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरेको हो। आयोजना प्रभावित स्थानीयका लागि २८ लाख ५० हजार कित्ता सेयर छुट्याइएको छ। यसमा बझाङ जिल्लाका बुङ्गल नगरपालिकाका वडाहरू १, २ र ४ का अति प्रभावित स्थानीयका लागि १८ लाख ५२ हजार ५०० कित्ता र बाँकी वडाका स्थानीयका लागि ९ लाख ९७ हजार ५०० कित्ता सेयर छुट्याइएको छ। आवेदन न्यूनतम १० र अधिकतम २० हजार कित्ताका लागि गर्न सकिनेछ। आवेदनको म्याद छिटोमा चैत्र २२ गते र ढिलोमा वैशाख ७ गतेसम्म रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५ लाख ७० हजार कित्ता सेयर छुट्याइएको छ, जसमा न्यूनतम १० र अधिकतम २० हजार कित्ता आवेदन गर्न सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन चैत्र ११ गतेसम्म दिन सक्नेछन्। आईपीओ बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स