सानिगाड हाइड्रोको आईपीओको बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?

सानिगाड हाइड्रोको आईपीओको बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?

सानिगाड हाइड्रो लिमिटेडको आईपीओको आज बाँडफाँड सम्पन्न भएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आज बिहान आईपीओको बाँडफाँड गरेको हो।

कम्पनीले जेठ १८ गतेदेखि जेठ २१ गतेसम्म सर्वसाधारणका लागि कुल ४६ लाख ७४ हजार कित्ता सेयर निष्काशन गरेको थियो। बाँडफाँडपछि ४ लाख ६७ हजार ४ सय जना आवेदकले सेयर पाएका छन् भने बाँकी आवेदकको हात खाली भएको छ।

आईपीओको रिजल्ट हेर्नको लागि iporesult.cdsc.com.np मा जानुहोस्। त्यसपछि ‘Select Company’ मा गएर Sanigad Hydro Limited छान्नुहोस्। त्यसपछि आफ्नो १६ अंकको BOID नम्बर enter गरेर तपाईंले आईपीओको रिजल्ट हेर्न सक्नुहुन्छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स