रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडद्वारा प्रवर्द्धित सामूहिक लगानी कोष योजना ‘रिलायबल समृद्धि योजना’ सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।
नेप्सेमा १२ करोड इकाई सूचीकृत भएको यो योजना १० वर्षे बन्दमुखी म्युचुअल फन्ड हो।
‘RSY’ सिम्बलमा सूचीकृत यस योजनाको इकाईहरू भोलि असार १० गतेदेखि नेप्सेमा खरिद–बिक्री गर्न सकिनेछ।‘रिलायबल समृद्धि योजना’ रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको प्रवर्द्धनमा ल्याइएको हो, जसलाई रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटलले व्यवस्थापन गरेको छ।
यो योजना बीमा क्षेत्रबाट सञ्चालनमा आउन लागेको पहिलो म्युचुअल फन्ड हो।यस योजनाका इकाईहरू गत वैशाख ३ गतेदेखि ७ गतेसम्म सार्वजनिक रूपमा बिक्री खुला गरिएको थियो।












![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया