ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन सरकारको कुनै चलखेल नगरेको बताएका छन्।
तनहुँको डुम्रेमा आजदेखि सुरु हुने डुम्रे सांस्कृतिक महोत्सवको उद्घाटनका लागि आएका मन्त्री खड्काले भने, “एउटा कर्मचारीलाई हटाउन सरकारले किन चलखेल गर्नुपर्छ? सरकारले आवश्यकता अनुसार कर्मचारीलाई हटाउन र राख्न सक्छ।”
मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणको कार्यसम्पादनमा योगदान पुर्याउनेलाई पुरस्कार र गलत कार्य गर्नेलाई दण्डित गरिने कुरा स्पष्ट गरे।
नेपाल विद्युत् प्राधिकरणको कार्यसम्पादन मूल्याङ्कनमा शून्य अंक किन आएको भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री खड्काले भने, “विद्यार्थी जाँचमा उपस्थिति नहुँदा के हुन्छ? यसैगरी, समयमै कार्यसम्पादन बुझ्न नसक्दा अङ्क प्राप्त गर्न नसक्नु भएको हो।”
















![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)


प्रतिकृया