सर्वसाधारणले ५३१ रुपैयाँमै फरवार्ड माइक्रोफाइनान्सको संस्थापक सेयर किन्न पाउने, आवेदन कहाँबाट दिने ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र ३ गते
सर्वसाधारणले ५३१ रुपैयाँमै फरवार्ड माइक्रोफाइनान्सको संस्थापक सेयर किन्न पाउने, आवेदन कहाँबाट दिने ?
AdvertisementAds

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ६३ हजार कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा राखेको छ, जसलाई सबैले किन्न पाउनेछन्।

कम्पनीले यी सेयरहरू प्रतिकित्ता न्यूनतम ५३१ रुपैयाँ तोकेको छ। इच्छुक खरिदकर्ताले न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम रूपमा १०० ले निःशेष भाग जाने गरी वा सम्पूर्ण कित्ता माग गर्न सक्नेछन्।

लगानीकर्ताले चैत ३ देखि १७ गतेभित्र आफूले किन्न चाहेको सेयर संख्या र प्रस्तावित मूल्य उल्लेख गर्दै गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। बोलपत्रहरू सुनसरीको दुहबीस्थित केन्द्रीय कार्यालय वा काठमाडौंको बालुवाटारस्थित बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालयबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स