सर्वसाधारणले ५३१ रुपैयाँमै फरवार्ड माइक्रोफाइनान्सको संस्थापक सेयर किन्न पाउने, आवेदन कहाँबाट दिने ?
फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ६३ हजार कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा राखेको छ, जसलाई सबैले किन्न पाउनेछन्।
कम्पनीले यी सेयरहरू प्रतिकित्ता न्यूनतम ५३१ रुपैयाँ तोकेको छ। इच्छुक खरिदकर्ताले न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम रूपमा १०० ले निःशेष भाग जाने गरी वा सम्पूर्ण कित्ता माग गर्न सक्नेछन्।
लगानीकर्ताले चैत ३ देखि १७ गतेभित्र आफूले किन्न चाहेको सेयर संख्या र प्रस्तावित मूल्य उल्लेख गर्दै गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। बोलपत्रहरू सुनसरीको दुहबीस्थित केन्द्रीय कार्यालय वा काठमाडौंको बालुवाटारस्थित बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालयबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।