लाभांश पारित गर्न सर्वोत्तम सिमेन्टको साधारण सभा आज, कति दिँदैछ लाभांश ?

लाभांश पारित गर्न सर्वोत्तम सिमेन्टको साधारण सभा आज, कति दिँदैछ लाभांश ?

सर्वोत्तम सिमेन्टको साधारण सभा आज पुस २६ गते होटल भिलासा, भैरहवा, रुपन्देहीमा बिहान ११ बजे बस्नेछ।

साधारण सभाले कुल १० प्रतिशत लाभांश पारित गर्नेछ, जसमा आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३ प्रतिशत नगद लाभांश समावेश छ। नगद लाभांशको रकम १३ करोड ९५ लाख रुपैयाँ रहेको छ।

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि पुस १२ गते बुक क्लोज गरिसकेको छ। त्यस अनुसार, बुक क्लोजअघि कायम सेयरधनीले मात्र सभामा सहभागी हुन र प्रस्तावित लाभांश पाउन सक्नेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स