नेशनल साईबर ओलम्पियाड–२०८१ को चौथो संस्करण पौष १५ देखि काठमाडौंमा आयोजना हुँदै

नेशनल साईबर ओलम्पियाड–२०८१ को चौथो संस्करण पौष १५ देखि काठमाडौंमा आयोजना हुँदै

नेशनल साईबर ओलम्पियाड– २०८१ को चौथो संस्करण पौष १५ देखि काठमाडौंमा आयोजना हुने भएको छ। सूचना प्रविधि क्षेत्रमा केन्द्रित यस अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगितामा काठमाडौं उपत्यकाका ५० भन्दा बढी स्कूलका टिमहरूले प्रतिस्पर्धा गर्नेछन्। सहभागी स्कूलहरूले आफ्नो दर्ता पौष ५ भित्र गरिसक्नुपर्नेछ।

यस प्रतियोगिता तीन चरण (क्वालिफाइंग, सेमिफाइनल र फाइनल) मा नकआउट प्रणालीका आधारमा सञ्चालन हुनेछ। सहभागी टिमहरूले जनरल, करिकुलम, लोजिकल, मल्टिमिडिया, डिफेन्डिङ, ग्याम्ब्लिङ र ग्यास्पिङजस्ता राउन्डहरूमा प्रतिस्पर्धा गर्नेछन्।

आयोजकका अनुसार यो प्रतियोगिताको पहिलो चार संस्करण २०७१, २०७२, २०७३ र २०७९ मा सफलतापूर्वक सम्पन्न भइसकेका छन्। पाँचौं संस्करणमा थप परिष्कृत ढाँचासहित कार्यक्रम सञ्चालन गरिनेछ।

यस पटक प्रतियोगितासँगै सूचना प्रविधिसम्बन्धी विभिन्न कार्यशालाहरू पनि हरेक हप्ता आयोजना गरिनेछन्। प्रतियोगितामा भाग लिने र नलिने सबै विद्यार्थीहरूले यी कार्यशालामा सहभागी भएर प्रविधि क्षेत्रमा नयाँ सीप र ज्ञान हासिल गर्न सक्नेछन्।

उत्कृष्ट टिमलाई नगद पुरस्कार, ट्रफी, मेडल र अन्य उपहारले सम्मान गरिनेछ। प्रतियोगिताको उद्घाटन तथा ओरिएन्टेसन कार्यक्रम पौष १५ मा हुनेछ भने अन्तिम चरणको फाइनल माघ ७ मा सम्पन्न हुनेछ।

प्रतियोगिताका संस्थापक अध्यक्ष लक्ष्मण पोखरेलका अनुसार यस कार्यक्रमले विद्यार्थीहरूलाई प्रतिस्पर्धामार्फत सूचना प्रविधिको ज्ञान हासिल गर्न र आफूलाई अद्यावधिक राख्न महत्वपूर्ण योगदान गर्नेछ। इच्छुक टिमहरूले विद्यालयमा उपलब्ध फारम भरेर वा अनलाइनमार्फत तलको लिङ्कबाट दर्ता गर्न सक्नेछन्।

रजिष्टे्शन लिन्क: https://forms.gle/yndNVdzY4vUe9wRc9

RegistrationOpen https://bajarkochirfar.com/the-fourth-edition-of-national-cyber-olympiad-2081-is-being-held-in-kathmandu-from-paush-15 | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स