कोटेश्वर इन्टरसेक्सन सुधार परियोजनाका लागि नेपाल सरकार र जापान सरकारबीच आज अर्थ मन्त्रालयमा ऋण सम्झौता भएको छ। सम्झौता हस्ताक्षर समारोहमा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल उपस्थित थिए।
परियोजनाअन्तर्गत कोटेश्वर र जडीबुटी क्षेत्रमा अन्डरपास र फ्लाइओभर निर्माण गरिनेछ, जसले काठमाडौं, ललितपुर, भक्तपुर र बीपी राजमार्गतर्फको यातायात सहज बनाउन महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ। सडक विभागले परियोजनाको कार्यान्वयन गर्नेछ। सम्झौतामा अर्थसचिव डा. घनश्याम उपाध्याय र नेपालस्थित जापानी राजदूत माएदा तोरुले हस्ताक्षर गरे।
साथै, ऋण सम्झौतामा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख डा. धनीराम शर्मा र जेआइसिए नेपालका प्रमुख मित्सुजाकी मात्सुकीले पनि हस्ताक्षर गरेका छन्।













![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया