बोर्डले भन्यो, “कक्षा १२ को परीक्षा स्थगित गरिएको भन्ने सूचना भ्रामक हो परीक्षा तोकिएकै मितिमा हुन्छ”

बोर्डले भन्यो, “कक्षा १२ को परीक्षा स्थगित गरिएको भन्ने सूचना भ्रामक हो परीक्षा तोकिएकै मितिमा हुन्छ”

राष्ट्रिय परीक्षा बोर्ड (NEB) ले यही २०८२ साल वैशाख ११ गतेदेखि सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षासम्बन्धी भ्रामक सूचना सामाजिक सञ्जालमार्फत फैलिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

हालै विभिन्न माध्यमबाट परीक्षा स्थगित गरिएको भन्ने झूठो सूचना संप्रेषण भएको भन्दै बोर्डले त्यसप्रति खण्डन गर्दै परीक्षा तोकिएकै मितिमा संचालन हुने स्पष्ट पारेको छ।

बोर्डले परीक्षा जस्तो संवेदनशील विषयमा भ्रामक र अनधिकृत सूचना फैलाउने कार्यप्रति कडा आपत्ति जनाउँदै यस्ता कार्यमा संलग्न व्यक्तिहरूलाई साइबर कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ।

साथै, बोर्डले परीक्षासम्बन्धी सबै आधिकारिक सूचना आफ्नो वेबसाइट www.neb.gov.np मार्फत मात्र सार्वजनिक गर्दै आएको र आगामी दिनहरूमा पनि त्यही माध्यम प्रयोग गरिने स्पष्ट पारेको छ।

विद्यार्थी, अभिभावक, शिक्षक र विद्यालय प्रधानाध्यापकहरूलाई अन्य कुनै पनि माध्यमबाट आउने समाचार वा सूचनामा विश्वास नगरी बोर्डको आधिकारिक वेबसाइटबाट मात्र जानकारी लिन अनुरोध गर्दै बोर्डले परीक्षा तयारीलाई धैर्यतापूर्वक निरन्तरता दिन आग्रह गरेको छ।

download 5 1 https://bajarkochirfar.com/the-board-said-the-information-that-the-class-12-exam-has-been-postponed-is-misleading-the-exam-will-be-held-on-the-scheduled-date | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स